सातामा २ दिन लमहीका सिमित पसल खुल्ला रहने, कुन-कुन पसल खुल्छन त?



टेकबहादुर पुन, दाङ्ग । लमहीका पसल अब सातामा २ दिन खुल्ने भएका छन् । साताको आईतबार र बिहिबार बिहान ६ देखि ९ बजेसम्म ३ घण्टाका लागि लमहीका पसल खोल्ने निर्णय गरिएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले जानकारी दिए । देशमा लकडाउन भएसँगै निजि क्षत्र अत्यन्त प्रभाबित भएर ब्यबसायहरु धरासयी भई सडकमा आउने अबस्था श्रृजित हुन थालेपछी ब्यबसायी हरुकै उपस्थितिमा यस्तो निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

लमहीका कपडा पसल, फेन्सी, मोबाईल, जुत्ता चप्पल, स्टिल दराज, कस्मेटिक र सोरुम सातामा २ दिन खुल्ने भएका हुन् । यिनी पसल खुल्ने दिन आईतबार र बिहिबार भने अति आबस्यक खाद्यान्न र तरकारी पसल बन्द हुनेछन् । यो भन्दा अघि खाद्यान्न तथा तरकारी पसलहरु दैनिक खुल्दै आईरहेका थिए । अबभने ईनि पसल सातामा ५ दिन मात्र खुल्ला रहनेछन् ।

जिल्ला प्रशासन कार्यालय दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको समन्वय र स्विकृतीमा साबधानी अपनाउँदै पसल खोल्ने निर्णय भएको हो । सनिबार बिहान प्रमुख रिजाल सँगको भेटमा रिजालले विशेष साबधानी अपनाउँदै भिडभाड नहुने गरि पसल खोल्न अनुमती दिएका हुन् । उनलाई भेट्न र सहकार्यका लागि उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ सनिबार बिहान सिडिअो कार्यालय पुगेका थिए । उद्योग बाणिज्य संघका कार्यक्षत्र अन्तरगतका सिमित पसलहरु खोल्ने निर्णय भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्