भारतमा एकैदिन थप २८ हजारमा संक्रमण, कोरोना संक्रमितको संख्या ९ लाख बढी

२३ हजार ७२७ को मृत्यु


काठमाडौँ / ३० असार ।
भारतमा एकै दिन २८ हजारभन्दा बढी संक्रमित फेला परेसँगै संक्रमितको संख्या ९ लाख ७ हजार नाघेको हो।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ९ लाख ७ हजार ६४५ जना संक्रमित भएका छन् ।

त्यसमध्ये २८ हजार १७९ जना पछिल्लो २४ घण्टाका संक्रमित हुन् भने १ लाख ३५ हजार ९६५ जना बिहीबारदेखि सोमबारसम्म संक्रमण भएकाको तथ्यांक हो ।

संक्रमित मध्येबाट मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ५४० जनाको मृत्यु भएको हो ।

यस्तै , ५ लाख ७२ हजार ११२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ३ लाख ११ हजार ८०६ जनाको उपचार भइरहेको छ ।

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्