जनकपुरधाम-जयनगर चल्ने रेल ९ तस्बिरमा हेर्नुस



असोज २, काठमाडौँ । बुहुप्रतिक्षित जनकपुर–जयनगर रल्वे शुक्रबार मध्यान्ह जनकपुरधाम आइपुग्ने भएको छ ।

रेल्वे विभागले जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि इन्जिन र बोगी परीक्षणका लागि जनकपुरधामसम्म ल्याइएको हो । लामो समयको प्रतिक्षापछि कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल ल्याइएको छ।

नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट आज जनकपुर आइपुग्ने भएको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

रेलको बगी २ सेट तथा ४ वटा इन्जिन बिहार प्रदेशको हाजीपुर स्टेशनबाट जयनगर आइसकेको छ। नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुसार शुक्रबार मध्यान्ह १२ बजेभित्र नै रेलको वगी र इन्जिन आइसक्ने बताइएको छ ।

करिब ७ वर्ष देखि बन्द रहेको रेल पुनः सञ्चालनमा आउने भएपछि स्थानीयमा खुशीयाली आएको छ । तीन चरणमा निर्माण भइरहेको रेलको काम अन्तर्गत पहिलो चरणमा जयनगर देखि कुर्था सम्मको काम सम्पन्न भएको छ ।

जसको लागि नेपाल सरकारले १ अर्बको लागतमा चारवटा इन्जिनसहित दुई सेट ट्रेन आज आइरहेको छ ।


सबै तस्बिर: बलराम मिश्रको फेसबुक

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्