आगामी तीन दिनको मौसम पूर्वानुमान



कार्तिक ०५ गते (बुधबार):

दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्विनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदुर पश्चिम प्रदेशको पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

कार्तिक ०६ गते (बिहिबार):

दिउँसो : प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ। सुदुर पश्चिम प्रदेशको पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

राती : प्रदेश न १, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ , वागमती र गण्डकी प्रदेशमा आंशिक वदी रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०७ गते (शुक्रवार):

दिउँसो : देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने वाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

राती : प्रदेश न १ र वागमती प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ मा आंशिक वदी रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्