आफ्नै साथीले भक्त परियारलाई जीउँदै जलाए ,उपचारको क्रममा मृत्यु



 थाहा अनलाइन काठमाडौ ,परासी जिल्लाको बर्दघाट नगरपालिका १६ का जुठे भनिने भक्त परियारलाई आफ्नै साथी टेक बहादुर बुढाथोकीले जीउँदै जलाएका छन् । गत २० गते बेलुका बुढाथोकी भक्त परियारको घरमा गएर भक्तलाई आफ्नो घरमा लिएर गएका थिए । दुबै जना सगै खाएर राती भक्त उसैको घरमा बसेका थिए । २१ गते बिहान १० बज्दा सम्म पनि छोरा घरमा नआएपछी भक्तका बुवाले भक्तको साथी सोम कुमाललाई टेक बहादुरको घरमा पठाएका थिए । सोमले भक्तलाइ बीभत्स सबै शरीर जलेर छट्पटीएको अबस्थामा देखे पछि छिमेकी र परिवारमा खबर गरेका थिए ।

यता टेक बहादुरलाई भने भाग्दै गर्दा गाउँले समाती प्रहरीलाई बुझाएका थिए । भक्त परियारको स्थानीय अस्पतालमा उपचार सम्भब नभए पछि प्रादेशिक अस्पताल बुटवल लगिएको र बुटवल पनि उपचार सम्भब नभए पछि पाल्पा मिशन अस्पतालमा उपचारको क्रममा २२ गते राती करिब १.३० बजे भक्त परियारको मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट टेक बहादुर बुढाथोकीले नै जलाएको खुल्न आएको छ बाकी अनुसन्धान हुँदै गरेको प्रहरी निरीक्षक होम रेग्मीले बताउनु भयो । उक्त घटनामा प्रहरीको अनुसन्धानमा कसैले सङ्का , उपसङ्का नगर्नु हुन र बाहिर हल्का फिजिए जस्तो यो घटनामा कुनै राजनीति हस्तक्षेप र दबाब नभएको भन्दै अपराधीलाई कडा सजाय र मृतक परिवारले न्याय पाउनेमा दुई मत नभएको भन्दै यो घटनामा आफू कठिबद्व भएको एसपी अजय केशीले जानकारी दिनु भयो ।

यता मृतक परिवारले भने आफुहरु असुरक्षित महसुस गरेको र हामी गरिब , सिधा मान्छे न त पैसा छ न त बोल्दिने छन् भनी दुखेसो ब्यक्त गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्