शनिबार थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं। शनिबार थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ५२ हजार ४३ परीक्षणहरु गरिएका छन्। २४ घण्टामा जम्मा ८ हजार १४४ पीसीआर परीक्षण भएका छन्। देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २४ हजार ९छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७५७ जना रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। नेपालमा योसँगै निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ संख्या पुगेको छ।

त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएसँगै हालसम्म मृत्युहुनेको संख्या १ हजार ३०५ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्