काठमाडौंका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द



मङ्सिर १६, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले पोल सार्नेलगायत काम गर्न आज मंगलबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्ने भएको छ।

बालाजु वितरण केन्द्रका अनुसार काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्न लागिएको छ।

दिउँसो ११ बजेदेखि २ बजेसम्म गोंगबु, बालुवाटार, बुढानिलकण्ठ, धापासीलगायत क्षेत्रमा विद्युत सप्लाइ बन्द हुने बालाजु वितरण केन्द्रले सूचना निकालेर जानकारी गराएको हो।

‘रिङरोड विस्तार कार्यका लागि महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत रिङमेन महराजगञ्ज फिडर १ र २ भित्रको एचटि ११००० भोल्ट लाइन तथा पोल सार्ने कार्य गर्नुपर्ने भएको हुँदा काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द हुनेछ,’ सूचनामा भनिएको छ।

यस्तै वानेश्वर वितरण केन्द्रले पनि विभिन्न स्थानमा मंगलबार र बुधबार विद्युत सप्लाइ बन्द गर्ने भएको छ। मंगलबार र बुधबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत सप्लाइ बन्द गरिने वानेश्वर वितरण केन्द्रले जनाएको छ।

माइती नेपाल, संडोल, नयाँपाटी, नाम्गेल, सुन्दरीजल वीपीचोक र आसपासका क्षेत्रमा विद्युत सप्लाइ बन्द गर्न लागिएको हो। निर्धारित समयमै विद्युत सुचारू गरिने पनि केन्द्रहरूले बताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्