जिल्ला हुलाक कार्यालय बझाङमा कराेडाैँकाे भ्रष्टाचार ,सेवाग्राही मर्कामा



 उत्तम कुमार थापा बझाङ जिल्ला हुलाक कार्यालय बझाङमा कराेडाैकाे भ्रष्टाचार भएको छ । जिल्ला हुलाक कार्यालय बझाङका कर्मचारीहरुले कराेडाै बजेट हिनामिना गरि भ्रष्टाचार गरेकाे हाे । विगत लामाे समय देखि हुलाक कार्यालय बझाङमा गरिव,जनसमुदायले २ सय देखि माथि जम्मा गर्दै अाईरहेकाे बचत पैशा हिनामिना भएको पाईएकाे छ ।

बझाङ जिल्लामा रहेकाे जिल्ला हुलाक कार्यालयमा कार्यरत कार्यालय प्रमुख रण बहादुर कडायत र हुलाक कार्यालय बझाङमा कार्यरत तत्कालीन खरिदार शिवराज जाेशीले १७०१ जना गरिव जनसमुदायले बचत गरेको ४ कराेड ९५ लाख १४ हजार ८ सय ४१ रुपैया ४४ पैशा हिनामिना गरि भ्रष्टाचार गरेका हुन । हुलाक कार्यालय बझाङका तत्कालीन कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायले कराेडाैँ रुपैयाँ भ्रष्टाचार गरेपछि बचत गरेका बचत कर्ताहरु निकै दुखमा परेका छन ।

बचत कर्ताहरु भन्छन हामी गरिव हाैँ , बाहिरी व्याजदरमा लगाउनु भन्दा हुलाकमा बचत गर्दा राम्रो हुन्छ समयमा निकाल्न सकिन्छ भनेर बचत गरेकाे पैशामा यसरी भ्रष्टाचार गरेपछि हुलाक कार्यालय बझाङमा अागाे लगाउने भन्नेमा छन । जिल्ला हुलाक कार्यालय बझाङका कार्यालय प्रमुख र खरिदारले गरिवहरुकाे पैशामा भ्रष्टाचार गरेपछि अहिले मिति २०७६ साल चैत्र १२ गते देखि बचत खाता बन्द भएको छ ।

यसरी बन्द हुदा सेवामा ठुलाे समस्या अाएकाे वर्तमान जिल्ला हुलाक कार्यालय प्रमुख राजेन्द्र बाेहराले बताए । कार्यालय प्रमुख बाेहराका अनुसार अहिले दिनानुदिन गरिव जनसमुदायहरु हाम्रो पैशा चाहियाे भन्दै पत्यक दिन १५ देखि २० जना जति कार्यालयमा अाउने र गालिगलाेज गरेर जाने गरेकाे बताउन्छन । हुन पनि हाे , उनले भने ,गरिवकाे पैशा खाएपछि गालि गर्नु स्वभाविक रहेकाे प्रमुख बाेहराकाे भनाइ छ । हुलाक कार्यालय बझाङमा कराेडाैकाे भ्रष्टाचार भए पछि पछिल्लो समय जनसमुदायहरु त मर्कामा नै छन सँगै कामकाज नहुदा सरकार पनि मासिक २ लाख ८७ हजार ५ सय व्याज तिर्नुपरेकोमा मर्कामा पर्दै गएको कार्यालय प्रमुख राजेन्द्र बाेहराले बताए । उनले भने भ्रष्टाचार गर्नेलाई कडा कार्वाही हुनुपर्छ ,सर्वसाधारण गरिव जनताको पैशा फिर्ता हुनुपर्छ भन्दै ,यसकाे उपाए चाडै अप्नाउन अाफु लागिपरेको र अार्थिक मन्त्रालयले राय दिए जनताको पैशाकाे चाडै समाधान हुने बताए ।

तत्कालीन निमित्त हुलाक अधिकृत रण बहादुर कडायत लगाएतकाे कर्मचारीहरुले यसरी भ्रष्टाचार गर्दा अहिले हुलाकमा बचत खाताकाे कामकाज ठप्प भएको हाे । अहिले तत्कालीन हुलाक कार्यालय प्रमुख र खरिदारकाे नाममा ४ कराेड,९५ लाख,१४ हजार,८ सय ४१ रुपैया ४४ पैशा विगाे कायम गरि विशेष अदालतमा मुद्दादायर गरिएको छ ।

अहिले हाल सम्म मिति २०७७/८ /२९ सम्म निक्षेप ५ कराेड,६७ लाख ४७ हजार,३ सय ८१ रुपैया ३४ पैशा रहेको छ भने,कार्तिक सम्म व्याज ११ लाख,५१ हजार,०७० सय ७ पैशा रहेकाे छ । हुलनक कार्यालय बझाङमा मिति २०७७/८/२९ सम्म बैकमा ७५ लाख ९७ हजार,८ सय ४६ रहेकाे छ । नयाँ अाएका कार्यालय प्रमुख बाेहराले भने गरिव जनताले नखाई नलाई बचत गरेको पैशा फिर्ता हुनुपर्छ ,सबै बझाङका नेताहरुले पहल गर्नु पर्छ भन्दै अाफु लागिपरेको कार्यालय प्रमुख बाेहराले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्