रुबिना क्षेत्रीको टिमलाई होटेल पौवाको स्वागत (प्रम कप)



टेकबहादुर पुन

दाङ । राष्ट्रिय महिला क्रिकेट टिम नेपालका कप्तान रुबिना क्षत्रीको टिमलाई होटेल पौवाले भव्य स्वागत गरेको छ ।
दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन लमही आईपुगेका क्षत्रीको टिमलाई लमही स्थित होटेल पौवाले दोसल्ला तथा टीका लगाई स्वागत गरेको होटेल म्यानेजर थानेस्वर भण्डारीले बताए । क्षत्रीको टिमले प्रदेश नम्बर १ को नेतृत्व गरि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन लमही आई पुगेको हो ।

रुबिना क्षत्रीको टिमले १४ गते मँगलबार बाग्मती प्रदेश सँग भिडन्त गर्नेछ ।

लिग चरणका लागि अहिले कर्णाली प्रदेश र २ नम्बर प्रदेश मैदानमा छन । कर्णाली प्रदेशले प्रदेश नम्बर २ लाई पराजित गर्न १ सय ६६ रनको आबस्यक छ । त्यस्तै दोस्रो खेल एपिएफ र लुम्बिनी प्रदेश बिच दिउँसो १:१५ बजे शुरु हुने क्यानका जिल्ला उपाध्यक्ष किशोर कुमार घर्ती मगरले जानकारी दिए ।
दिउँसो हुने खेल रोमाञ्चक रहने आयोजकको भनाई छ । एपिएफ र लुम्बिनी दुबै सेमिफाईनलमा प्रबेश गरिसकेका टिम हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्