मप विश्वविधालयमा क्याम्पस प्रमुखहरुले दिए, सामूहिक राजीनामा केछ कारण ?



८ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् ।उपकुलपतिको कार्यालयमा बिहीबार बसेको बैठकमा विश्वविधालयका उपकुलपति नन्दबहादुर सिंहले क्याम्पस प्रमुखहरूलाई अभद्र व्यवहार गरेपछि क्याम्पस प्रमुखले सामूहिक राजीनामा दिएका हुन् ।

प्राज्ञिक थलोमा उपकुलपति सिंहको व्यबहार आपत्तिजनक भएको भन्दै सामूहिकरुपमा राजीनामा दिएको क्यामपस प्रमुखहरुले बताएका छन् ।

पछिल्लो समय मप विश्वविधालयमा विद्यार्थी आन्दोलित छन् । विद्यार्थीको आन्दोलन दबाउन भूमिका नखेलेको भन्दै उपकुलपति सिंहले अश्लील गालीगलौज र अभद्र ब्यबहार गरेको एकजना क्याम्पस प्रमुखले बताए ।

उनका अनुसार राजीनामा दिनेमा व्यवस्थापन संकायका डाइरेक्टर, शिक्षा संकायका प्रमुख, कानुनका डाइरेक्टर, इन्जिनियरिङ, मानबिकी र व्यवस्थापन संकायका क्याम्पस प्रमुख रहेका छन् ।

यसअघि पनि उपकुलपति सिंहको संलग्नतामा विद्यार्थीमाथि कुटपिट भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्