राप्ती प्राविधिक शिक्षालय दाङमा क्रान्तिकारीले बनायो संगठन



घोराही । अखिल (क्रान्तिकारी) राप्ती प्राविधिक शिक्षालय लालमटिया दाङको बैठक सम्पन्न भएको छ । जिल्ला संयोजक अनिल केसीको आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य एबम राप्ती प्राबिधिक शिक्षालयका संयोजक देवराज डाँगीले गरेका थिए ।

कार्यक्रममा अखिल क्रान्तिकारी दाङ जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य खुमन पौडेल कृष्ण, रविन्द्र लगायतको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन संगठन राप्ती प्राविधिक शिक्षालयका सदस्य भिमले गरेका थिए । बैठकलाइ सम्बोधन गर्दै प्रमुख अतिथि अनिल केसीले शैक्षिक अधिकार प्राप्ति र समाजवादी शिक्षा नीति यो दलाल व्यवस्थाबाट संभव नभएकाले सबै विद्यार्थी कलमका माध्यमबाट विद्रोह गर्न अपिल गरे ।

केसीले अहिलेको शिक्षा प्रणालीमा ठूलो असमानता, विभेद, विकृति र विसंगति भएकाले यसको अन्त्यको निम्ति युवा विद्यार्थी जुट्नु पर्ने बताए । विद्यार्थीको हक हित र अधिकार तथा शिक्षा क्षेत्रमा देखिएको व्यापारीकरण र दलालिकरणको विरुद्धमा आवाज उठाउँदा भ्रष्ट सरकारले अघोषित रुपमा संगठनमाथी प्रतिबन्ध लगाएर दुःख दिइरहेको गुनासो गरे ।

उनले सरकारको यस्तो नीतिको भन्डाफोर गर्न सचेत विद्यार्थी हरु अगाडी बढ्नु पर्ने धारणा राखे । संयोजक केसीले सम्मेलन आयोजक समितिलाई बधाई दिए । राप्ती प्राविधिक शिक्षालयमा विद्यार्थीका समस्यालाई उजागर गर्दै अनुशासित भएर काम गर्न निर्देशन पनि दिए ।

आज बिदा भएका पूर्व संयोजक डाँगीले सबैलाई धन्यवाद दिए । उनले नवनिर्मित सम्मेलन आयोजक कमिटीलाई विद्यार्थी हक, हित र संस्थाको हितको निम्ति निरन्तर एक ढिक्का भएर काम गर्न सुझाव दिएका थिए । राप्ती प्राविधिक शिक्षालयको चौथो इकाई सम्मेलन भब्यरुपमा सम्पन्न गर्न बैठकले शिवराजको संयोजकत्वमा १५ सदस्यीय सम्मेलन आयोजक कमिति गठन गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्