मुलुकमा थप ५ सय ३४ जनामा कोरोना भाइरस पुष्टि



२ बैशाख, काठमाडौं । मुलुकमा थप ५ सय ३४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ५ सय ३४ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आरटी–पीसीआर परीक्षणबाट ४ सय ९० र एन्टिजेन परीक्षणबाट ४४ जना गरी कुल ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ सय ५७ जना संक्रमित निको भएर घर फर्किएका छन् । ।

७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ५७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्