कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा विश्वासको मत हासिल,



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशसभामा आज भएको मत विभाजनमा मुख्यमन्त्री शाहीको पक्षमा २२ सांसदले मत हालेका छन् । विपक्षमा १५ जना सांसदले मात्र मत हालेका छन् ।

मत विभाजन प्रक्रिया अनुसार मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्दै विश्वासको मत हासिल गरेको सभामुखले जनाएका थिए ।

प्रदेशसभामा ३७ जना सदस्य उपस्थित थिए । जसमध्ये नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ जना सांसदले पक्षमा भोट हालेका छन् । यसैगरी नेकपा एमालेका ४ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्