भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार संक्रमित थपिए , ३,९१५ जनाको मृत्यु



नयाँ दिल्ली । भारतमा कोरोना महामारीको भयावहता दिन प्रतिदिन बढ्दो छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,९१५ जनाको मृत्यु भएको छ । भारत अहिले विश्वकै दोस्रो भाइरस प्रभावित मुलुक बनेको छ ।

भारतको कूल संक्रमित संख्या २ करोड १४ लाख ९१ हजार पुगेको छ । १ करोड ७६ लाख जना निको भएका छन्,भने २ लाख ३४ हजारभन्दा बढीको भाइरसले मृत्यु भएको छ ।

सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्याले पनि चिन्ता बढाइरहेको छ । ३६ लाख ४५ हजार सक्रिय संक्रमित संख्या पुगेको छ । दुईदिन देखि भारतमा लगातार ४ लाखभन्दा माथ संक्रमित थपिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्