जेठ २५, काठमाडौँ । संस्कृतिविद् एवं कलाकार एकाराम सिंहको निधन भएको छ । बाल साहित्य एवं चित्रकलामा ख्याति कमाएका उनको ५३ वर्षको उमेरमा सोमबार ज्यान गएको हो ।
उनी कपनस्थित करुणा अस्पतालको आइसियुमा उपचाररत थिए । काठमाडौँ महानगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा समावेश हुने चित्रकला तयार पारेका उनले राणा प्रधानमन्त्री एवं राजपरिवारका सदस्यहरूको समेत कैयौँ चित्र कोरेका छन् । उनले लिच्छविदेखि मध्यकालसम्मका संस्कृति झल्किने विभिन्न चित्रकला समेत उतारेका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।