कपिलवस्तु मुस्लिम समुदायको महान् पर्व बकर इद् ( ईद उल अजहा) को अवसरमा जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेको छ । प्रदेश समिति अध्यक्ष अशोककुमार यादव र मुख्य सचिव यज्ञ पोखरेलले एक विज्ञप्ति जारी गर्दै बकर इदको अवसरमा समस्त मुस्लिम समुदायमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
नेपाल वहुधार्मिक, बहु सांस्कृतिक र धर्म निरपेक्ष विशेषतायुक्त राष्ट्र भएकाले राज्यले सबै समुदायलाई समान न्याय गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । मुस्लिम समुदाय अल्पसङ्ख्यक भएकाले उनीहरूका हक अधिकार स्थापित गर्न सरकारले प्राथमिकतामा राख्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कोरोना महामारी अन्त्य भई नसकेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सामाजिक दूरी कायम गरेर बकर इद मनाउन विज्ञप्तिमार्फत मुस्लिम समुदायमा आग्रह गरिएको जानकारी प्रदेश प्रवक्ता अकरम पठान ज्यू ले दिनु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।