फर्जी एनओसी लिएर युक्रेन जाने तयारीमा रहेका राजवंशी पक्राउ



काठमाडौँ – विदेश जाने क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गर्ने नो अब्जेक्सन लेटर (एनओसी)को नक्कली प्रति प्रयोग गरी युक्रेन जाने तयारीमा रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

 

झापाको भद्रपुर नगरपालिका–७ घर भएका सुमन राजवंशीले मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी नम्बर ७७१२८९२ को नो अब्जेक्सन लेटरमा आफ्नो विवरण हालेर युक्रेन जान लागेको अवस्थामा पक्राउ परेका हुन् । 

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराले शुक्रवार पक्राउ गरेको राजवंशीलाई थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ । उनको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो समाचार आजको मध्यान्न दैनिकमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्