केदारस्यू उपाध्यक्ष धामीले मृतक पवित्रा गुर्धामीकाे परिवारलाई आर्थिक सहयोग 



बझाङ । जिल्लाको केदारस्यू गाउँपालिका उपाध्यक्ष निशा धामीले आर्थिक सहयोग गर्नु भएको छ ।

काठमाडौँ हेरिटेट हाई एकेडेमीकाे होस्टेलमा मृत अवस्थामा रहेकी पवित्रा गुर्धामीकाे मृत्यु कारण पत्ता लगाउन भन्दै आर्थिक सहयोग गर्नुभएको हो । दुर्गम बझाङ जिल्ला बाट काठमाडौँ जान धेरै खर्च हुने र आर्थिक स्थिति कमजोर भएको भन्दै उपाध्यक्ष धामीले चालेको आर्थिक अभियानमा सबैले सहयोग गरेको भन्दै सहयोगी हातहरूलाई धन्यवाद दिनुभएको हो ।

आज मृतक परिवारलाई भेटेर उपाध्यक्ष धिमाले केदारस्यू गाउँपालिकाका कर्मचारी जनप्रतिनिधि समाजसेवी बृद्विजिविहरुले गरेको सहयोग बापतको रकम रु ७१ हजार १ सय २५ रुपैयाँ सहयोग गर्नुभएको थियाे । उहाँ मृतकको घरमा पुगेपछि घरपरिवारले आँखाबाट आशु झार्दै दुख व्यक्त गरेका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्