काठमाडौँ उपत्यकामा एकै दिन १२७९ जना संक्रमण पुष्टि



देशभर कोरोना सङ्क्रमित भएकामध्ये एक तिहाइ बढी काठमाडौँ उपत्यकामा भेटिएका छन् । मन्त्रालयका अनुसार आज पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार २७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मङ्गलवार काठमाडौँ उपत्यकामा ९०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ९०८ जना, भक्तपुरमा २०६ जना र ललितपुरमा १६५ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना सङ्क्रमणमुक्त हुँदा मृत्यु ३५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । १ हजार ५३५ जनाले कोरोना जितेका छन् ।हालसम्म मृतकको कुल सङ्ख्या ९ हजार ९५७ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्