अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको सातौँ जिल्ला सम्मेलन सुरु



बझाङ ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको सातौँ जिल्ला सम्मेलन सुरु भएको छ । आज जिल्लाको जय पृथ्वी नगरपालिका वडा नम्बर १० मा रहेको नेकपा माओवादी पार्टी कार्यालयमा कार्यक्रम सुरु भएको हो । 

सम्पूर्ण वामपन्थी ,प्रगतिशील,देश भक्त तथा जनक्रान्ति विद्यार्थी एकता हुनुपर्छ भन्ने सन्देशका साथ आज वाट नेपाल कम्युनिस्ट पाटी नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अखिल नेपालले आज जिल्ला भेला राखेको नेता रामचन्द्र रोकायाले बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा अलगअलग भएपछि माओवादीका भातृ सङ्गठनहरू विस्तारको क्रममा रहेको अखिलका जिल्ला संयोजक देवीजङ्ग बहादुर सिंहले बताए । उनका अनुसार आगामी दिनमा स्वतन्त्र सङ्गठनले देशको नेतृत्वलाई हाँक्ने भएको दाबी गदै सबैलाई अगाडी बढ्न अनुरोध गरिएको हो । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादीका जिल्ला अध्यक्ष मीन बहादुर कुवरको भनाई यस्तो छ । उहाँले भन्नु भयो अव माओवादी केन्द्र कतावी पछाडि हट्दैन हामीले देशको नेतृत्व हाँक्ने हो । तर तपाई हामीले एकता हुनु जरुरी रहेको बताउँदै युवाहरूलाई जोस देखाउन आग्रह गनुभएको थियो । 

अखिलको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा छान्नाका जुजारु नेता टोप बहादुर खड्काले भने, अहिले सम्म हाम्रो नेतृत्वले कहीँ हार खाएको छैन खाने वाला पनि छैन तपाईँहरू युवा हुनुहुन्छ अगाडी बढ्न भन्दै सबैलाई हौसला दिनु भएको थियो । उहाँले फेरी भने युवाहरू हे अव हामी कदावी पछाडि हट्दैनौ तपाईँको सहायता विना पार्टीको कुनै औचित्य नभएको बताउँदै गो अगेन युवा भन्ने शब्द प्रयोग गरेपछि युवामा निकै खुसी व्यक्त गनुभएको हो । 

यती मात्र हैन युवाले देशको लागी हाँक्ने हुनुपर्छ, सँगै भ्रष्टाचारको भण्डाफोर गदै अगाडी बढ्न अनुरोध गरिएको हो । अखिल क्रान्तिकारीले आयोजना गरेको  कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला संयोजक देविजङ्ग सिंह प्रमुख अतिथि नेकपा माओवादीका जिल्ला अध्यक्ष मीन बहादुर कुवर विशिष्ट अतिथि अखिलका केन्द्रीय सदस्य तथा युवा नेता मदन रोशन विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य टोप बहादुर खड्का नरेन्द्र खड्का अतिथि मीन भट्ट पार्वती नेरु दीपक डी सी लगायत सबै युवाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपा माओवादीका युवा नेता तथा जिल्ला कमिटी सदस्य दीपेन्द्र सिंहले भने स्वच्छ कमिटी विस्तार गर्न स्वागत गर्दै अनुरोध गनुभएको हो । कार्यक्रममा अनेरास्वयुका जिल्ला अध्यक्ष प्रविन धामी नेविसँघका प्रतिनिधि सिद्धराज जोशी  रहनुभएको थियो । अखिल नेपालको सातौँ जिल्ला सम्मेलन आज सुरु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्