नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रवारदेखि प्रारम्भ भएको गाउँ-नगर वडा अधिवेशन ५७ जिल्लामा सम्पन्न भएको छ।
क्रियाशील सदस्य छनोटमा विवादित बन्दै सुरु भएको अधिवेशनमध्ये हालसम्म ५७ जिल्लाको वडा तहको अधिवेशन सकिए पनि अझैँ १३ जिल्लाको वडा अधिवेशन भने अन्योल नै रहेको छ ।
सदस्यको नामावली नै टुङ्गो नलागेका १३ जिल्लामा भने कहिले अधिवेशन हुने भन्ने टुङ्गो लागेको छैन । क्रियाशील सदस्यता सार्वजनिक नभएका १३ जिल्लाअन्तर्गत पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलाली रहेका छन् । काँग्रेसले काठमाडौँ, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दिया जिल्लामा असोजको पहिलो साता सम्पन्न गर्ने जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।