ढुङ्गा फुटाएर आगोको झिल्को निकाल्ने नेतालाई जिल्ला सभापति बनाउनु पर्छ



उत्तम कुमार थापा, बझाङ । नेपाली काङ्ग्रेसका युवा नेता ज्ञान बहादुर बोहरा जिल्ला सभापतिको उम्मेदवारी हुनुभएको छ । नेपाली काङ्ग्रेसको ८ औ महाधिवेशनको समयमा निकै चर्चित युवा नेताले जिल्ला सभापतिको उम्मेदवारी दिनु भएको बताउनु भयो । आसन्न १४ औ महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेता बोहराले अलि जुझारु क्षेमतावान,र लगनशील व्यक्तित्वले नेतृत्व पाउनु पर्ने धारणा राख्नु भयो ।

उहाँले भन्नू भयो,आफुनै आउनु पर्छ भन्ने छैन तर नेतृत्व दरिलाे र नेतृत्व हाँक्न सक्ने हुनुपर्नेमा जोड दिनु भएको हो । जिल्ला निकै चर्चित युवा नेताको रूपमा परिचित बोहरा नेपाली काङ्ग्रेस बझाङका उपसभापति पनि रहनु भएको छ । उनले आफूमा राजनीति धारको परिकल्पना गरेको बताउँदै नेताहरूलाई आपसमा बसेर हाम्रो हैन राम्रो सभापति लाई सहयोग गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममै जङ्गिएका नेता बोहराले ढुङ्गा फुटाएर आगोको झिल्को निकाल्न सक्न नेतृत्वको जरुरत रहेको भन्दै,नेपाली काङ्ग्रेसको गुटउपगुटकाे अन्त्य हुन जरुरी भएको दाबी गर्दै आफूलाई सभापतिमा सहयोग गर्न अनुरोध गर्नुभएको हो । पार्टी राम्रोसँग अगाडि बढाउन नेतृत्व हाम्रो हैन राम्रो आउन जरुरत रहेको बताउन भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्