काठमाडौँ । गायक पदम राई र गायिका रचना रिमालको संयुक्त गायनमा रहेको गीत ‘सरकारी अड्डा’ सार्वजनिक भएको छ।
बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत ‘सरकारी अड्डा’ बोलको नयाँ गीतको भिडिओ सार्वजनिक भएको छ। दीपक शर्माको सङ्गीत रहेको सरकारी अड्डामा रचना रिमाल र पदम राईले स्वर दिएका छन्। डिपी खनाल गीतका रचनाकार हुन्। कथात्मक शैलीमा तयार पारिएको गीतको भिडिओ निकेश खड्काको निर्देशनमा बनेको हो।
गीतको भिडियोमा निश्चल बस्नेत र स्वस्तिमा खड्काले अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन तथा परिकल्पना गरेको भिडियोलाई मानकृष्ण महर्जन र बुद्ध थापाले खिचेका छन् ।
भिडिओमा निश्चल सैनिकको भूमिकामा देखिन्छन्। स्वस्तिमाले नर्स र सैनिक दुवै भूमिका निर्वाह गरेकी छन्। भिडिओ विकास धमलाको सम्पादनमा बनेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।