प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशव्यापी गर्ने नेपाल बारले दियो सुझाव



काठमाडौं । नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा नदिए आन्दोलन गर्ने सुझाव दिएका छन् ।

मंगलबार बसेको बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्नुपर्ने सुझाव दिएका हुन् । 

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार बैठकमा प्रधानन्यायाधीशले तत्काल राजीनामा गर्नुपर्छ भन्नेमा ९९ दशमलव ५ प्रतिशत सुझाव रहेको थियो ।

बैठकमा बुधवार देखी कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा बहस नगर्ने धारणा राखेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा र न्यायालयमा भएका गलत कामको छानबिन नभएसम्म बहस हुन नसक्ने बैठकमा भनिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्