सरोगेसीमार्फत् जुम्ल्याहा बच्चाकी आमा बनिन् प्रीति जिन्टा



काठमाडौँ । बलिउड अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छन् । ४६ वर्षीया प्रीतिले सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।  प्रीतिले सामाजिक सञ्जाल फेसबुकबाट आफू आमा बनेको जानकारी दिएकी हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘जीन र म अति हर्षित छौँ, हाम्रो हृदय धेरै कृतज्ञता र धेरै मायाले भरिएको छ । किनकि हामीले हाम्रा जुम्ल्याहा बच्चाहरू (जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफ)लाई हाम्रो परिवारमा स्वागत गरेका छौँ।’

यस्तै, प्रीतिले जिन्दगीको नयाँ यात्रालाई लिएर निक्कै नै उत्साहित भएको पनि लेखेकी छन् । उनले लेखेकी छन्, ‘म डाक्टर र नर्सका साथै सबैलाई यो सुखद् यात्राका लागि धन्यवाद दिन चाहन्छु । सबैलाई धेरै माया ।’

प्रीतिले १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग सन् २०१६ फेब्रुअरी २९ तारिखमा विवाह गरेकी थिइन् । विवाहको करिब ६ महिनापछि मात्र उनले बिहेको तस्वीर सार्वजनिक गरेकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्