नेपालमा ह्वातै बढ्यो संक्रमित सङ्ख्या , एकैदिन १०२५८ जनामा सङ्क्रमण पुष्टि



काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरमा २२ हजार ८२८ नमुना परीक्षण गर्दा १० हजार २५८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६२ जना सङ्क्रमणमुक्त भएका छन् ।

यसै गरी आज एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२४ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ०४४ सक्रिय सङ्क्रमित छन् । यसैबिच पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले खोप लगाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्