काठमाडौं । पछिल्लो २४ घण्टामा १७ हजार ४३७ जनामा परीक्षण गर्दा ६ हजार ४६२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
१३ हजार ३७७ जनामा पीसीआर परीक्षण गरिएकोमा ५ हजार ५९८ जनामा र ४ हजार ६० जनामा एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, विगत २४ घण्टामा देशभर एक हजार ४१६ सङ्क्रमणमुक्त भएको मन्त्रालयकाको तथ्याङ्कमा उल्लेख छ।
यसै गरी, आज चार जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६५५ पुगेको छ।
मन्त्रालयका अनुसार हाल देशभर ७७ हजार भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।