९४ हजार पुग्यो प्रतितोला सुनको मूल्य



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९४ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९३ हजार ४०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम भएको महासङ्घले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्