सर्लाही । आगोमा जलेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका–८ गिरी टोल बस्ने ६५ वर्षीय रामअशिष साहको आइतबार आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । साह परिवार घरका केही सदस्यसहित आइतबार राति घरमै सुतेका थिए ।
आफ्नै घरको आँगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् ।
प्यारालाइसिसका बिरामी साहको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।