सुर्याेदय आधारभुत विद्यालय तीन तारा नमुना घाेषणा




बझाङ । छविस पाथिभरा गराउँपालीका वडा नम्बर ७ खाेरीमा रहेको सुर्याेदय आधारभुत विद्यालय तीन तारा नमुना विद्यालय घाेषणा भएको छ । छविस पाथिभरा गाउँपालीका र ग्रामीण जलस्रोत व्यावस्थापन परियाेजना काे आर्थिक सहयाेगमा यस विद्यालयलाई तीन तारा नमुना विद्यालय घाेषणा गरिएको हाे ।

ग्रामीण जलस्रोत परियाेजनाले देशका विभिन्न स्थानमा गाउँघर सुधारका कार्यक्रम सँगै विद्यालय ,खानेपानी सरसफाइ सुधारीएका घट्ट पानी पाेखरी लगाएतका कार्यक्रमहरु लाई अगाडि बढाउदै आएको हाे । ७ नम्बर वडाकाे खाेरीमा रहेकाे सेर्याेदय आधारभूत विद्यालय परिवारले १० वटा सुचाङक पूरा गरेको बन्दै स्वच्छ बाताबरण सफा बाताबरण सेनिटरी प्याड सहितको भेन्टिलेटर मेसिन सहित रहेको सुविधायुक्त विद्यालयलाई तीन तारा नमुना विद्यालय घाेषणा गरिएको ग्रामीण जलस्रोत परियाेजना छविस पाथिभरा प्रमुख भेषराज उपाध्यायले बताए ।

सुर्याेदय माध्यमिक विद्यालयले आयाेजना गरेको कार्यक्रममा विद्यालय व्यावस्थापन समिति अध्यक्ष लछिमन बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि छविस पाथिभरा गाउँपालीका अध्यक्ष अक्कल धामी विशिष्ट अतिथि उपाध्यक्ष राधिका रताला विशिष्ट अतिथि ग्रामीण जलस्रोत डेपुटी टिम लिडर नाराण प्रशाद वाग्ले नेकपा माअाेवादीका नेता बसन्त चलाउने पत्रकार सञ्चारकर्मी ग्रामीण जलस्रोत बझाङ सल्लाहकार बिष्णु पाेर्खेल लगाएत समाजसेवी बुद्धिजीवी शिक्षक प्रेमि विद्यार्थी महिला सबैको उपस्थिति रहेकाे थियाे । कार्यक्रममा जनचेतनामूलक डेउडा जनचेतनामूलक सास्कृतिक कार्यक्रमहरु राखिएकाे थियाे भने कार्यक्रम सञ्चालन प्र.अ गाेकुल बाेहराले गर्नुभएको थियाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्