पीएनजीविरुद्ध नेपालको ५० रन पूरा



काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत पीएनजीवरुद्ध नेपालले ५० रन पूरा गरेको छ। नेपालले १२. ३ आभेरमा एक विकेट गुमाएर पूरा गरेको हो।

पीएनजीले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो विकेटको रुपमा आसिफलाई सुरुवातमै गुमाइसकेको थियो। तरपछि कुशल र आरिफले राम्रो साझेदारी गरे।

नेपालको ५० रन पूरा हुँदासम्म कुशल २२ र आसिफ २१ रनमा अविजित ब्याटिङ गरिरहेका छन्। पीएनजीले आज टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनायो।

उसका लागि कप्तान असद वालाले सर्वाधिक ४५ रन बनाए। त्यस्तै, लेगा सियाकाले २०, सेसे बाउले १९, नर्मन भानुआले १८, चार्ल्स अमिनीले १३ र चाड सोपरले अविजित २२ रनको योगदान दिए।

नेपालका लागि बलिङमा कप्तान सन्दीप लामिछाने, सोमपाल कामीले २/२, करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक/एक विकेट लिए।

विश्वकप लिग-२ अन्तर्गत नेपाललको यो चौथो तथा अन्तिम खेल हो । जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा पीएनजीलाई पराजित गरेको थियो भने दोस्रो र तेस्रो खेलमा यूएईसँग हार व्यहोरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्