काठमाडौं —सरकारले दलित समुदायको युवाहरूलाई स्वरोजगार बनाउन विशेष कार्यक्रम ल्याउने भएको छ ।दलित समुदायको परम्परागत व्यवसाय बाहेक अन्य व्यवसाय गर्न पनि प्रोत्साहन गरिने सरकारले बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा आगामी आवको बजेट पेस गर्दै यस्तो बताएका हुन् । दलितलाई व्यवसाय सञ्चालन गर्न बिउँ पुँजी सहित बिना धितो कर्जा पनि दिइने उनको भनाइ छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।