दलित अधिकारकर्मी तथा सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा मृ’त्यु



चितवनबाट काठमाडौँ फर्किने क्रममा सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मङ्गलवार  बिहान काठमाडौँ फर्कँदै थिए ।
५ः३० बजेको समयमा  राप्ती नगरपालिका  ६ हर्दी चोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार  बा४ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उनको मृत्यु भएको हो ।माइक्रोमा सवार  चालकसहित ६ जना घाइते भएकोमा विश्वकर्माको गाडीमा च्यापिएको अवस्थामा उद्धार  गरिएको थियो ।
३५ वर्षका महावीर लाई ०७: ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृ’त घोषणा गरेको हो ।गाडीमा सवार अन्य ५ घाइतेको भने  पुरानो मेडिकल कलेजमानमै उपचार भइरहेको छ ।
चर्चित कार्यक्रम बहकिने मनका प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य पनि हुन् । पछिल्लो समय  दलितका मुद्दाहरूमा उनी सक्रिय भएर काम गरिरहेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्