सुनको भाउ घट्यो



सैघाली खबर,
काठमाडौं, ७ वैशाख –। सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा ३ सय रुपैयाँ बढेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको हो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्