मन्त्री परिषद् विस्तार



सैघाली खबर
काठमाणडौं,१९ जेठ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरमका दुईमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राई शहरी विकासमन्त्री बन्नुभएको छ । यो सँगै मन्त्रीमण्डल २४ सदस्यीय भएको छ ।

शुक्रबारबाटै ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री थपिएका छन् । रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाइएको हो । यसअघि पोखरेल रक्षामन्त्री मात्रै हुनुहुन्थ्यो । यस्तै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री रहनुभएका गोकुल बास्कोटा मन्त्रीमा बढुवा हुनुभएको छ । नेकपा र फोरमबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने सहमतिपछि फोरम सरकारमा सहभागी भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्