मेक्सिकोमा जेलमा दुई पक्षबिच झडप, २८ जनाको मृत्यु



असार २३ 

मेक्सिकोको जेलमा दुई पक्षका कैदीबीच भएको झडपमा २८ जना मारिएका छन् । दक्षिण पश्चिम मेक्सिकोको अकापुल्को शहरमा रहेको जेलमा दुई विरोधी गुटबिच भएको झडपमा २८ जना मारिएको जेल प्रशासनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । त्यहाँ कुनै हतियारको प्रयोग भने नपाइएको खबरमा उल्लेख छ । जेलमा क्षमतभन्दा बढी कैदी राखिएको छ । अकापुल्कोलाई मेक्सिकोकै अत्यन्तै धेरै हिंसा हुने र लागू पदार्थ उत्पादन हुने केन्द्रका रुपमा लिइन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्