सैघा जोड्ने सडक मर्मत हुदै



रोम थापा मगर ,
सैघा, ९ असोज । घोराही उपमहानगर पालिका वडा नं १९ जोड्ने सडक मर्मत कार्य सुरु भएको छ । वडा कार्यालय सम्म पुग्नका लागि सडक विस्तारको काम भइरहेको वडा सदस्य जंग रोका मगरले बताउनुभयो ।

उप–महानगरपालिकाकै विकट वडाको रुपमा रहेको वडा नं १९ दशैतिहारमा परदेशबाट आउँने परदेशी तथा स्थानीयहरुलाई बजार आवतजावतमा सहज होस भनि बाटो मर्मत गर्न लागेको उहाँले वताउँनुभयो ।

सडक मर्मत कार्य वडा कार्यालय तथा विभिन्न टोल विकास संस्थाले सक्रियतामा सुरु भएको हो । वर्षातका कारण सडक जीर्ण भए पछि विपद व्यवस्थापन समितिले तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो ।

वडा कार्यालय सम्म पुग्ने गरि सडक मर्मत कार्य जारि रहेको छ । दुईखोली , कटुवाखोला , बाम्लाखोला तथा मर्पेस भएर सञ्चालन रहेको सडक मर्मतका लागी जेसिवी सञ्चालन भइरहेको वडा कार्यालयले जनाएको छ । सडक मर्मतको कामले तिव्रता पाउदा स्थानीयहरु खुसी भएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्