चितवनमा मत पत्र च्यातिएको विषयमा सुनुवाइ सुरु



सैघाली खवर

चितवन ८ साउन । चितवनको भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दाको आज सुनुवाइ सुरू भएको छ ।

विभिन्न कारणले सर्दै आएको मुद्दाको आइतबार सर्वाेच्च अदालतमा सुनुवाइ गर्न लागिएको हो । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ सुरू भएको हो ।
सो विषयमा निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको भए पनि पुनः मतदान होइन पुन मतगणनाको माग गर्दै भरतपुर–१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्