मौसमविदको अनुमानभन्दा उल्टो मनसुनी वर्षा



सैघाली खबर
काठमाडौँ, १६ साउन

चार महिनाअघि भुटानको थिम्पुमा भेला भएका दक्षिण एसियाली मौसमविद्ले यो वर्ष नेपालका सुदूर र मध्य भेगका जिल्लामा औसतभन्दा कम वर्षा हुने अनुमान गरेका थिए । उनीहरूको अनुमान थियो, ‘पश्चिम र मध्यपश्चिममा भन्दा मध्य र पूर्वी भागमा बढी वर्षा हुनेछ .

मनसुनका दुई महिनामा देशभर परेको वर्षाको तथ्यांक केलाउने हो भनेचाहिँ उनीहरूको अनुमान ठीक उल्टो देखिन्छ । पूर्वी भागका जिल्लामा भन्दा पश्चिम र मध्य भागकै जिल्लामा बढी वर्षा भएको छ ।

आगामी अगस्ट महिनामा पनि सुदूर र मध्यकै जिल्लामा बढी वर्षा हुने विश्लेषण जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरूको छ ।
मनसुनका जुन र जुलाई महिनामा सुदूरपश्चिमको डडेलधुरामा औसतभन्दा झन्डै दोब्बर वर्षा भएको छ । औसत ३२९।२ मिलिमिटर वर्षा हुनुपर्नेमा जुलाईको १ दिन बाँकी छँदै आइतबारसम्म ६३६।८ मिमि वर्षा भएको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् । दिपायलमा पनि त्यस्तै छ । औसत २३८।७ वर्षा हुनुपर्नेमा ३११।६ मिमि वर्षा भएको छ । धनगढीमा ५६५।९ वर्षा हुनुपर्नेमा ६३९।४ मिमि वर्षा भयो । सुर्खेतमा पनि औसतकै हाराहारी वर्षा भएको छ । औसत ४७१।९ वर्षा हुनुपर्नेमा ४३०।२ मिमि वर्षा भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्