कार चोर नै कारमा फसेपछि…….



संसारमा अनौठा घटनाहरु भैरहन्छन् । कतिपय घटना अनौठा र रोचक हुन्छन् । तीनका चर्चा र परिचर्चाहरु पनि भइरहन्छन् । कति पयत त्यतिकै सेलाएर जाने पनि गरेका हुन्छन् । हालै नर्वेमा पनि यस्तो घटना भएको छ ।


एकजना किशोरलाई कार चोर्न जाँदा ठूलै आपत् परेको छ । कार चोरेर लैजानका लागि कारभित्र पसेको बेलामा भित्रै थुनिएपछि उनले आफ्नै उद्धार गर्नका लागि पुलिस बोलाउनु परेको छ ।

गत सोमबार यो घटना भएको हो । पुलिस आफैले घटनाको बारेमा ट्विट मार्फत जानकारी गराएको छ । सोमबार विहान पुलिसलाई एकजना किशोरले आफु कारभित्र फसेको भन्दै उद्धारका लागि फोन गर्‍यो ।

जब पुलिस त्यो युवकले भनेको ठाउँमा पुग्यो र उसको बारेमा जानकारी लियो तब अचम्ममा पर्‍यो । कार चोरेर गुडाएर लैजानका लागि कारभित्र छिरेको त्यो युवक कारको ढोका नखुलेपछि बाहिर निस्कन सकेन । अनि पुलिस गुहार्न बाध्य भयो ।

प्रहरीले कारको ढोका खोलेर त्यो युवकलाई बाहिर निकाल्यो । युवक आफु मुक्त भएकोमा ढुक्क थियो । तर उसलाई पुलिसले पक्राउ गरी चौकीमा लग्यो । चौकीमा उसका अभिभावकलाई बोलाएर पुलिसले आइन्दा त्यस्तो काम नगर्ने शर्तमा जिम्मा लगाइदियो । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्