बेडरुममा छिर्दा भित्रको दृश्य देखेपछि पत्नीमाथि गरे आक्रमण, यस्तो थियो भित्रको दृश्य



मेलबर्न। अस्ट्रेलियामा एक पतिले आफ्नो घरको बेडरुममा छिर्नासाथ आफ्नी पत्नीमाथि आक्रमण गरेर उनको खुट्टा भाँचिदिएका छन् । उनले पत्नीलाई यस्तो कपडामा देखे कि सिधै पत्नीको खुट्टा भाँचिदिए । यो विचित्र घटनामा जब पतिले वास्तविकता थाहा पाए त्यसपछि भने उनको रोएरै हालत खराब भएको छ । उनले भन्न थाले कि उनीबाट निकै ठूलो गल्ती भयो । उनकी पत्नी अस्पतालमा भर्ना छिन् ।

यो सबै पत्नीको ड्रेसका कारण पति झुक्किएपछि भएको थियो । खासमा महिलाले सर्थजस्तै देखिने स्टकिंग्स (लामो मोजा) लगाएकी थिइन् र उनी बेडमा सुतिरहेकी थिइन् । पत्नीले आफ्ना खुट्टाको पैतलातिरको भाग भने सिरकबाट बाहिर निकालेकी थिइन् । हल्का अँध्यारो भइसकेको थियो, त्यहीबेला उनका पति कोठामा आइपुगे ।

पति जब कोठामा छिरे उनले पत्नीका खुट्टा देखे जो दुरुस्तै सर्पजस्तै देखिएका थिए । पतिलाई लाग्यो कि बेडमा दुई सर्प छन् । उनले कत्ति ढिलो नगरी ढोकानजिकै राखिएको बेसबल ब्याटले आक्रमण गरे । जोडले लागेपछि पत्नी आत्तिएरु चिच्याइन् । यो देखेपछि पतिको होश उड्यो र तुरुत पत्नीलाई लिएर अस्पताल पुगे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्