वाढी पिडित सहयोग गर्ने कांग्रेसको आग्रह



सैघाली खबर
दाङ, २ भाद्र । नेपाली काग्रेस दाङलेवाढी पिडितहरुको सहयोग गर्ने सवैलाई आग्रह गरेको छ । नेपाली काग्रेसको जिल्ला कार्य समितीको शुक्रवार वसेको वैठकले यस्तो आग्रह गरेको छ । वैठकले वाढी वाट भएको मानविय क्षति तथा भौतिक क्षेति प्रति दुद्य व्यक्त गरेको छ । वैठकले वाढी पिडितहरुलाई सहयोग गर्नेका लागि सवैलाई आवहान समेत गरेको छ ।

पिडितलाई छिटो भन्दा छिटो सहयोग पु¥याउन समेत राज्य संग माग गरेको छ । उनीहरुको व्यवस्थापनकालागि समेत छिटो पहल थाल्न आग्रह समेत गरेको छ । त्यसै गरेर जिल्लामा भएको भौतिक निर्माण तत्काल सुरु गर्ने समेत सम्वन्धीत निकायलाई आग्रह गरेको छ । वैठकले जिल्लामा वाढीवाट भएको क्षतिको यतार्थ जानकारी लिनकालागि जिल्ला कोषाध्यक्ष सावित्रा रानाको संयोजत्वमा एक समिती समेत गठन गरेको छ ।
समितीले सम्वन्धीत क्षेत्रमा पुगेर त्यस स्थानको वारेमा जानकारी लिने जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए । समितीका सदस्यहरुमा कुमार घिमिरे, यज्ञवहादुर वली, निर्मल न्यौपाने, तारावहादुर कार्की, गिराजा देवी न्यौपाने, देवा डिसी रहेका छन् । वैठक जिल्ला सभापति किर्तीवहादुर खडकाको अध्यक्षतामा भएको थियो । वैठकले वाढी तथा अन्य समयमा मृत्यु भएका प्रति दुख व्यक्त गरेको सचिव डाँगीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्