देउखुरी उद्योग वाणिज्य संघको साधारणसभा भाद्र १० गते हुने



सैघाली खबर
देउखुरी, ६ भाद्र


देउखुरी उद्योग वाणिज्य संघको १४ औं साधारण सभा तथा अधिवेशन भाद्रको १० गते ललमीमा हुने भएको छ । सो दिन साधारणसभा मात्र सम्पन्न हुने छ भने साधारणसभाले निर्धारण गरेको दिन निर्धारित समयमा निर्वाचनको मिति पनि तय हुने बताइएको छ । कूल १७३७ मतदाता रहेको उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्यको सदस्या प्राप्त गरेपछि तथा नयाँ जनप्रतिनिधि आएपछि पहिलो पटक निर्वाचन हुन थालेको हो । निर्वाचनमा दुई छुट्टाछुृट्टै प्यानलमा होमिएका छन् । नेपाली काँग्रेसको गठबन्धन रहेको प्रजातान्त्रिक प्यानलको नेतृत्व रत्नप्रसाद श्रेष्ठले गर्नुभएको छ भने बाम गठबन्धनको प्यालनको तर्फबाट संयुक्त प्यानल नामाकरण गरिएको प्यानलको नेतृत्व थानेश्वर गैरेले निर्वाह गर्नुभएको छ । यसैबी चुनावी रनक लमही बजारमा तातिएर आएको छ । आ–आफ्नो पक्षमा मत पार्नको लागि उम्मेदवारहरू घरदैलोमा जोडतोडका साथ लागिपरेको देख्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्