वाढीडितहरुका लागि निशुल्क स्वास्थ्य शिविर 

सैघाली खबर 

दाङ, ९ भदौ  

दंगीशरण गाउँपालिकाको पहलमा गाउँपालिका वडा नं.३ स्थित स्वास्थ्य चौकि हेकुलीमा एकदिने निशुल्क स्वाथ्य शिविर सञ्चालन भएको छ ।
बाढीपीडितहरुलाई लक्षित गरि आयोजना गरिएको निशुल्क स्वाथ्य शिविरमा ४ सय १२ जनाले सेवा लिएको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले जानकारी दिनुभकएको छ ।

उहाको अनुसार २ सय ५३ महिला, १ सय ८ पुरुष र ५१ जना बालबालिकाले सेवा लिएका हुन । आपतमा युवा अभियानको आयोजनामा टिचिङ हस्पिटल काठमाडौंका चिकित्सक टोलिको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले जानकारी दिनुभएको छ ।

निशुल्क स्वास्थ्य सेवामा राप्ती उपक्षेत्रिय अस्पताल दाङका डा. समिर आचार्य, डा. गगन न्यौपाने, डा. रविन आचार्य, अञ्चल अस्पताल तुलसीपुरका  डा. राजकुमार यादव, डा. सन्तोष अधिकारीले सेवा दिनुभएकोथियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्