कर्मचारी समायोजन विधेयक पास नहुँदा स्थानीय तहमा कर्मचारी पठाउन समस्या



सैघाली खबर,काठमाडौं, ११ भदौ।  – संसदमा पेस भएको कर्मचारी समायोजन विधेयक पास नभएसम्म स्थानीय तहमा कर्मचारी पठाउन समस्या हुने भएको छ । वरिष्ठ र कनिष्ठको कुरा नमिल्दा स्थानीय तहमा कर्मचारी जान मानिरहेका छैनन् ।

अहिले वरिष्ठको पदमा रहेर काम गरिरहेका कर्मचारी स्थानीय तहमा जाँदा कनिष्ठको निर्देशनमा काम गर्नुपर्ने भएकाले कर्मचारी समायोजन विधेयक पास नभएसम्म स्थानीय तहमा नजाने अडानमा छन् । यो विधेयक पास भएपछि कनिष्ठ र वरिष्ठको विवाद हट्ने भएकाले छिटो पारित गर्न पनि उनीहरुको माग छ।

यसैबिच सरकारले ७ सय ४४ वटै स्थानीय तहमा शिक्षा सेवा अन्तर्गतका कर्मचारी खटिएको जनाएको छ । वरिष्ठ र कनिष्ठको कुरा नमिलेका बाहेक अहिलेसम्म १ हजार ५३ स्रोत केन्द्रमा स्रोत व्यक्तिसहित १ हजार ३८ जना कर्मचारीले हाजिर गरिसकेको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्