तुल्सीपुरमा रक्तसञ्चार आज देखि सञ्चालनमा आउदै



 

सैघाली खबर

दाङ,१९ भाद्र


तुल्सीपुरको अञ्चल अस्पतालमा आज सोमबार देखि रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा आउने भएको छ । तुल्सीपुरको अञ्चल अस्पताल परीसरमा रहेको कालीकादेवि स्मृति भवनमा नेपाल रेडक्रस सोसाईटिले रक्त सञ्चार सेवा सञ्चालनमा ल्याउने लागेको नेपाल रेडक्रस सोसाईटी दाङ शाखाले अध्यक्ष नारायण आचार्यले जानकारी दिनुभयो ।
समाजसेवि बामदेव उपाध्यले आफ्नी श्रीमती कालीकादेविको नाममा स्थापना गरीएको कालीदेवि स्मृती भवनबाट नेपाल रेडक्रस सोसाईटीले आज सोमवार देखि रक्त सञ्चार सेवा सञ्चालनमा ल्याउन लागेको हो । करिव पाँच वर्षपछि तुल्सीपुरमा रेडक्रको अगुवाईमा रक्त सञ्चार सेवा सञ्चालनमा आउने भएपछि यस क्षेत्रका सेवाग्राही तथा स्थानीयवासी खुशि भएका छन ।
अस्पतालको हाता भित्र दाता उपाध्यले झन्डै ६० लाखको लागतमा निर्माण गरिदिएको कालीदेवि रक्त सञ्चार भवन अलपत्र अवस्थामा रहेको थियो । सो स्थानबाट सेवा सञ्चालनमा गर्न सम्वाद समुह क्षेत्रीय सचिवालय तथा विभिन्न व्यक्तिहरुले बिशेस पहल गरेपछि रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन गर्ने सहमति कायम भएको थियो ।
नेपाल रेडक्रस सोसाईटीको ५५ औं स्थापना दिवसको अवसरमा आज बिहान अञ्चल अस्पताल तुल्सीपुरको हाता भित्र रहेको रक्त सञ्चार सेवा केन्द्र उद्घाटन नेपाल रेडक्र सोसाईटीका केन्द्रीय अध्यक्ष संजिब कुमार थापाले गर्ने कार्यक्रम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्