निजामती सेवा पुरस्कारको घोषणा



सैघाली खबर
काठमाडौं,२२ भाद्र

आज निजामती सेवा दिवस, नेपालमा हरेक वर्ष भदौ २२ गते विभिन्न कार्यक्रम गरी निमामती कर्मचारीहरुले यो दिवस मनाउँदैछन् । तत्काली प्रधानमन्त्र टंकप्रसाद आचार्यले वि.सं २०१३ सालमा भदौं २२ गते निमामती ऐन ल्याएको दिन पारेर २०६२ सालदेखि यो दिवस मनाउन थालिएको हो । ‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदै छ ।
दिवसको अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत गर्नेलगायत कार्यक्रम पनि गर्ने गरिन्छ । यसवर्ष सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि भने कोही पनि उपयुक्त नभएको भन्दै नदिइने भएको छ भने उत्कृष्ट काम गरेको भन्दै ४० जनालाई भने पुरस्कृत गरिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनुभयो । एक लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा सहसचिव दीपक सुवेदी, सहसचिव डिल्लीराज घिमिरे, सहसचिव केवलप्रसाद भण्डारी, उपसचिव प्रेमलाल लामिछाने, महालेखा परीक्षकको कार्यालयका निर्देशक इन्द्रप्रसाद आचार्य, उपसचिव जीवनप्रसाद सेढार्इं, उपसचिव जगन्नाथ बराल, उपसचिव लक्ष्मीदत्त कलौनी, उपरजिस्ट्रार प्रल्हादकुमार योगी र सहायक प्रमुख जिल्ला अधिकारी सोलुखुम्बुका अनिल खनाल हुनुहुन्छ ।
यसैबीच दिवसको अवसरमा आज निजामती कर्मचारीका लागि बिदा दिइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्