मन्त्रिपरिषदको बैठक बस्दै



सैघाली खबर
काठमाडौं,२ असोज

आज मन्त्रिपरिषदको बैठक बस्दैछ । आजको बैठकमा प्रदेश र केन्द्र र चुनावको तयारी, दशैमा बजार अनसगमन, आयल निगमको खरिद प्रकरण लगायतका विषयमा छलफल हुनेछ । करिब डेढ अर्ब रुपैयाँ अनियमितताको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गर्ने प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी छ । संसदीय समिति र मन्त्रालयको अध्ययनबाट इन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापा र सर्लाहीमा करिब चार गुणा बढी मूल्य तिरेर अनियमितता गरेको विभिन्न अनुसन्धान प्रतिवेदनले पुष्टि गरेपछि सरकार खड्कालाई कारबाही गर्ने अन्तिम निष्कर्षमा पुगेको हो ।जग्गा खरिदमा अनियमितताबारे छानबिन गर्न मन्त्रालयले गठन गरेको समितिले कारबाही गर्न सिफारिस गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्