सानिमा बैंकको तेह्रथुम शाखाकाे शैक्षिक छात्रावृत्तिमा यस वर्ष २ जना छनौट



इन्द्र नेपाली तेह्रथुम म्याङलुङ्गमा रहेको सानिमा बैंकको शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गर्दै आएको शैक्षिक छात्रावृत्तिमा यस वर्ष २ जनालाई छनोट गरेको छ ।

छनोटमा पर्नेमा सिंह बाहिनी माध्यमीक विद्यालयका कक्षा ११ मा अध्ययनरत मिलन कुमार श्रेष्ठ र सोहि विद्यालयको कक्षा ११ मै अध्ययनरत सिमाना लिम्बृुलाई छनोट गरेको हो । २०७५ को एस ई.ई परिक्षामा न्युनतम सी ग्रेड प्राप्त गर्ने विपन्न तथा जेहेनदार विद्यार्थीहरुको आवेदनबाट २ जना छनौटमा परेका हुन् ।

विगत ७ वर्षदेखी काठमाडँौ उपत्यका भन्दा बाहिरका सानिमा बैंकको प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न वार्षिक रुपमा छात्रावृति प्रदान गर्दै आएको सानिमा बैंक म्याङलुङका शाखा प्रबन्धक गोविन्द श्रेष्ठले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्