दाङ्गमा गोली चल्यो, एक भारतीय नागरिक अमिलिया प्रहरीको फन्दामा



टेकबहादुर पुन, लमही, २ असोज । ईलाका प्रहरी कार्यालय अमिलियाले लुटपाटमा संलग्न १ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । आफुहरु चढेको कारको चालकलाई लुटपाट गरेको अभियोगमा भारत नाकपुर घर बताउने अन्दाजी बर्ष ४६ का महम्मद जावेदलाई लाई ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिमबहादुर घर्तीको टोलीले पक्राउ गरेको हो ।

अन्य ३ जना भने फरार छन् । फरारको खोजिकार्य जारी रहेको अमिलियाका प्रहरी प्रमुख घर्तीले जनाए ।

यसरी चल्यो गोलि बिहीबार भारतको रुपैडिया बाट दाङ्गको तुलसीपुर जाँदै गरेको युपी ४० एडि ०९११ नम्बरको सेतो कारमा सवार ४ जना भारतिय नागरिकले सोही कारका चालक लाई लुटपाट गरेका हुन् । सवारीले कारका चालक भारतको रुपैडिया बस्ने बर्ष ३० का मेरज अलि शाहलाई लुटपाट गरेका हुन् ।

अाफुलाई मार्ने उद्देश्यले गोली समेत प्रहार भएको चालक शाहले बताए । रिजर्भमा अाएका ४ जना भारतिय नागरिकले अमिलिया तुलसीपुर सडक खण्डको सानो भञ्ज्याङ्ग स्थित जङ्गलमा गाडी रोक्न लगाई लुटपाट गरेका थिए । चालक शाहको साथमा रहेको नगद १५ हजार ५ सय रुपैया, सुनको अौँठी, एटिएम कार्ड, अाधार कार्ड सबै लुटिएको चालकले जानकारी दिए । चालक सँग रहेका सम्पुर्ण सामान जफत गरेपछि अपराधीले उनलाई कुटपिट समेत गरे ।

अपराधीले उनलाई कुटपिट गरि भिरबाट लडाए । अनि उनिमाथी गोली प्रहार भयो । तर, चालकलाई गोली भने लागेन । प्रहरीले घटना स्थलबाट एक राउण्ड चलेको गोलीको खोका र एक राउण्ड नपड्केको गोली नै बरामद गरेको छ । चालकलाई मारेर अपराधीले कार नै बरामद गर्ने उद्देश्यले गोली प्रहार गरिएको हुन सक्ने प्रहरीको अाशँका छ ।

चालकका अनुसार रुपैडियाबाट जावेदले गाडी रिजर्भ गरेका हुन् । जावेद र चालक भएर नेपाल अाउँदा भन्सार कार्यालय बाट अर्का एक जना गाडी चढे । फेरि नेपालगञ्जको पुष्पलाल चौक बाट २ जना चढेर कारमा चालक सहित ५ जना भए । जाबेदकै सम्पर्कमा अन्य ३ जना ब्यक्ति कार चढेका हुन् ।

चालकका अनुसार उनिहरुले आफुहरु कष्मेटिक ब्यापारी भएको र तुल्सीपुरमा पैशा लिन जाने भनी गाडी रिजर्भ गरेका थिए । पक्राउ परेका जाबेद र गाडी चालक अहिले अमिलिया प्रहरीको नियन्त्रणमा छन् । घटनाको थप अनुसन्धान भईरहेको र फरार ब्यक्तीको खोजिकार्य जारी रहेको अमिलिया प्रहरी प्रमुख खिमबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार गोली नै चलाउने ब्यक्तीहरुको ठुलै गिरोह हुन सक्ने अनुमान गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्